थप १२५ जनामा कोरोना पुष्टि, १२३ जना संक्रमण मुक्त , मृत्यु कति

काठमाडौं , चैत ६ । नेपालमा थप १२५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १२५ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७५ हजार ७५० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १००१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ७३३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८।६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १६१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ३० हजार ७०८ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १००१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १. ०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्