राष्ट्रपतिमा दौडधुपः भित्रभित्रै यसरी गरिदैछ तयारी ,को–को छन् दाबेदार ?

काठमाडौं। संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनाउने÷बन्न राजनीतिक दल र नेताहरु भित्री तयारीमा जुटेका छन् ।

निर्बाचन आयोगले २१ फागुनका लागि मिति प्रस्ताव गरेसँगै आकांक्षीसहित दलहरु गुपचुप रुपमा भित्रभित्रै सहमति खोज्ने गरी अघि बढ्ने तयारीमा लागेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचनबाट ठूलो दल बनेको नेकपा एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् ।

एमालेबाट बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नै दोहोर्‍याउ चाहेकी छिन् । उनले माओवादी केन्द्रको समेत साथ लिएर सकेसम्म सहमतिमा नै कार्यकाल दोहोर्‍याउन चाहेको स्रोतले बताएको छ ।

एमालेबाट राष्ट्रपतिका लागि बलियो दाबेदारका रुपमा बरिष्ठ नेता झलनाथ खनालसमेत देखिएका छन् । खनालले सार्बजनिक कार्यक्रममा पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्ने बताउँदै आएका छन् ।

पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङसमेत एमालेबाट राष्ट्रपतिको दाबेदार मानिन्छन् । माधव नेपालको नाम पनि चर्चामा छ तर उनी सक्रिय राजनीतिमै जोड दिने तयारीमा छन् ।

कांग्रेसभित्र भने संसदमा गणीतीय रुपमा कमजोर रहेकाले राष्ट्रपतिका लागि उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा एमालेमा जस्तो चर्चा छैन् ।

माओवादी केन्द्रका केही नेताले समेत प्रधानमन्त्रीमा एमाले अध्यक्षलाई सघाएकाले राष्ट्रपतिमा आफ्नो दलको दाबी हुने बताउँदै आएका छन् । –

प्रतिक्रिया दिनुहोस्