मेक्सिकोमा शक्तीशाली भूकम्प, दुई मिनेटसम्म जमिन हल्लियो

काठमाडौं । मेक्सिकोमा ७ दशमलव २ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ ।

मेक्सिकोमा एक शताव्दीयताकै यो शक्तिशाली भूकम्प भएको अधिकारीहरुले बताएका छन् ।

भूकम्पको धक्का २२५ माइल टाढासम्म महसुस गरिएको थियो । भूकम्पले करिब २ मिनेटसम्म हल्लाएको स्थानीयले बताएका छन् ।

ओसाकाका केही भवन भत्किएका छन् । हजारौं मानिस घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन ।

गत १९ सेप्टेम्बरमा पनि यही क्षेत्रमा भूकम्प जाँदा ३ सय जनाको मृत्यु भएको थियो । त्यो घटना सेलाउन नपाउँदै अर्को विपद् आइलागेको हो ।

प्रतिक्रिया दिनुहोस्