सर्वोच्चमा २ र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिस

काठमाडौं , फागुन २८ । सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।

शुक्रवार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको न्यायापरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो । जसअनुसार सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ ।

हाल चुडाल उच्च अदालत पाटनमा र सुवेदी उच्च अदालत सुर्खेतमा कार्यरत रहेका छन् ।त्यसैगरी न्यायापरिषद्को बैठकले उच्च अदालतको न्यायाधीशमा १८ जना सिफारिस गरिएको छ।

न्याय सेवा विशिष्ट श्रेणीबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीको नाम सिफारिस भएको न्यायापरिषद्ले जनाएको छ ।

बैठकको निर्णय अनुसार नायव महान्यायाधिवक्ता रहेका पौडेललाई उच्च अदालत, पाटन र कानुन मन्त्रालयका सचिव राजभण्डारीलाई उच्च अदालत पाटन, पोखराको न्यायाधीशमा सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्