थप ४८ जनामा कोरोना संक्रमण पुष्टि, ६१ जना निको भए , मृत्यु कति ?

काठमाडौं , फागुन २८ । नेपालमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४८ जना जनामा कोरोना संक्रमण भएको जनाकारी दिएको हो ।

अहिलेसम्म कुल २ लाख ७५ हजार ११८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९२९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार १७७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ५१२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख १० हजार ४३४ पुगेको छ ।त्यस्तै क्वारेन्टाइनमा ५१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९२९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्