नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको तेस्रो राष्ट्रिय महाधिवेशन शुरु
काठमाठौं । नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको तेस्रो राष्ट्रिय महाधिवेशन शुरु भएको छ ।
मगर समुदायको साझा संघ नेपाल मगर संघ अन्तर्गत सम्पर्क समन्वय समितिको तेस्रो राष्ट्रिय महाधिवेशन आज काठमाडौंको राष्ट्रिय सभागृहमा मगर समुदायको संस्कार अनुसार पातीको वोटमा ध्वजा बाँधेर महाधिवेशनको समुद्घाटन मगर संघका उपाध्यक्ष गंगा खासु मगरले गर्नु भयो ।
महाधिवेशन शुरु हुन अघि राष्ट्रिय सभागृहबाट मोटरसाइकल ¥याली शुरु भई शहिदेट, त्रिपुरेश्वर, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर मैतिदेवि, पुतलीसडक, बागबजार रत्नपार्क हुँदै राष्ट्रिय सभा गृहमा आई सभामा परिणत भएको थियो ।
कार्यक्रमको सभापतित्व नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष जगत बहादुर रेश्मी मगरले गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व सांसद तथा नेता सुरेश आले मगरले मगर समुदायले अधिकार अझै प्राप्त नगरेको बताउनु हुँदै मगरात राज्य प्राप्ती नै मुख्य लक्ष्य भएको कुरा व्यक्त गर्नुभयो । यसको लागि लडिरहन सबैलाई आग्रह गर्नुभयो ।
महाधिवेशनका प्रमुख अतिथि नेपाल मगर संघ नबिन रोक्का मगरले हरेक राजनीतिक लडाईमा आफ्नो ज्यान आहुती दिंदै आएको मगर समुदाय अधिकार प्राप्तिको संघर्षमा रहेको बताउनु भयो ।
कार्यक्रममा मगर समुदायका अग्रज व्यक्तित्वहरुले आ–आफ्नो धारणा राखेका थिए । महाधिवेशनमा राष्ट्रिय स्तरका कलाकारहरुबाट समुदायको पहिचान झल्काउने खालको सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।
महाधिवेशन शनिबार नेपाल प्रज्ञा भवनमा बन्द सत्र चल्ने र आइतबार निर्वाचन भई नयाँ कार्यसमिति चयनगरि सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्