पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु

काठमाडौं । तानसेन नगरपालिका–५ बतासेडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका–११ बन्दीपोखराका १३ वर्षीय मनीष विक छन् । त्रिभुवन बहुमुखी क्याम्पसको छात्रावास अगाडिकोे पोखरीमा पौडी खेल्ने क्रममा बिहान करिब ११ बजे उनी डुबेको स्रोतले जनाएको छ ।

डुबेको करिब ४५ मिनेटपछि उद्धार गरिए पनि युनाइटेड मिसन अस्पताल लैजाने क्रममा बाटामा नै उनको मृत्यु भएको हो । मनीष तानसेनस्थित पद्म पब्लिक माविमा कक्षा ६ मा अध्ययन थिए ।

प्रतिक्रिया दिनुहोस्