थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, ६३ डिस्चार्ज, मृत्यु कति ?

काठमाडौँ, फागुन २६ । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसंगैं कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरि थप ६३ जना संक्रिमित संक्रमण मुक्त भएका छन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८. ६ प्रतिशत हो।

देशभर हाल ९११ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हालसमम कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्