नेकपा ‘नाम’ विवादः सर्वोच्च अदालतले आज फैसला सुनाउने

काठमाडौँ, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ‘नाम’ का विरूद्ध परेको रिटको आज फैसला सुनाउने भएको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोके पनि अदालत बिदा भएपछि फैसला आएको थिएन ।

तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०बीच एकीकरण भएर तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेपछि उक्त नाममा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाले विवाद गरेको थियो ।

आफ्नो पार्टीको नाममा अर्को पक्षलाई बैधता दिएको भन्दै निर्वाचन आयोग र सत्तारूढ नेकपाविरूद्ध कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

२०७५ मंसिर २१ गते दायर भएको यो रिटमा सर्वोच्चले २०७५ मंसिर २५ गते कारण देखाउ आदेश दिएको थियो । त्यसयता पटकपटक पेशी तोकिए पनि अन्तिम समयमा स्थगित हुँदै आएको मुद्दामा सर्वोच्च अदालतले लामो प्रतीक्षापछि फैसला दिन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्