नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको तेस्रो राष्ट्रिय महाधिवेशन आज (मोटर साइकल ¥याली सहित)

काठमाठौं । नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको तेस्रो राष्ट्रिय महाधिवेशन आजै हुँदैछ ।
मगर समुदायको साझा संघ नेपाल मगर संघ अन्तर्गत सम्पर्क समन्वय समितिको तेस्रो राष्ट्रिय महाधिवेशन आजै काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको हो ।

महाधिवेशनमा बिहाना ११ बजेबाट मोटरसाइकल ¥याली पनि निकाल्ने कार्यक्रम रहेको छ । मोटरसाइकल ¥याली राष्ट्रिय सभागृहबाट शूरु भई शहिदेट, त्रिपुरेश्वर, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर मैतिदेवि, पुतलीसडक, बागबजार रत्नपार्क हुँदै राष्ट्रिय सभा गृहमा आई सकिने छ ।

दिनको साढे दुई बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । सो महाधिवेशनको उद्घाटन नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोक्काले गर्ने छ ।

महाधिवेशन आज उद्घाटन सहित सांस्कृतिक कार्यक्रम हुने, भोलि शनिबार नेपाल प्रज्ञा भवनमा बन्द सत्र चल्ने र आइतबार निर्वाचन भई नयाँ कायसमिति चयन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्