नवनिर्वाचित प्रधानमन्त्री केपीले लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरे

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्न भ्याएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका नेता सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् । उहाँहरु दुवै पहिलाको आली सरकारमा पनि मन्त्री बनेका थिए ।

पण्डित वातावरण मन्त्री भएका छन् भने थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

बाम गठबन्धनका पार्टी माओवादी कन्द्रले भने मन्त्रीको नाम पठाएका छैनन् ।

माओवादी केन्द्रले भने मन्त्री पठाएन । एक नेताका अनुसार पार्टीभित्र छलफल भएको र मन्त्रालय भागवण्डा नटुंगिएकाले मन्त्री नपठाइएको जानकारी दिए । मन्त्रालय भागवण्डाबारे दुई दलबीच आजै साँझ छलफल गर्ने तय हुन स्रोतले जनाएको छ । भएको छ ।

प्रतिक्रिया दिनुहोस्