थप १०७ जनामा कोरोना पुष्टि, ७८ जना संक्रमण मुक्त, मृत्यु शुन्य

काठमाडौं , फागुन २० । नेपालमा थप १०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १०७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७४ हजार ४८८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७९५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७० हजार ६८३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८।६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५३६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ७९ हजार ४७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ७९५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ ।

यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्