प्रधानमन्त्री देउवाद्वारा राजीनामाको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउने छन् । देउवा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
देउवाको राजीनामापछि राष्ट्रपतिले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरिसकेका छन् । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।  आयोगले हिजो चुनावको परिणाम बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्