कोरोनाबाट विदेशमा थप ३ नेपालीको मृत्यु, अहिलेसम्म कति पुग्यो ज्यान गुमाउनेको संख्या ?

काठमाडौं , फागुन १६ । कोरोनाबाट विदेशमा ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।यो क्रम अझै रोकीएको छैन । नेपालबाट रोजगारीका लागि विदेश गएकाले ज्यान गुमाउनु परेको छ । यसैबीच कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता सात्रै थप ३ जनाले ज्यान गुमाएका छन् ।

यो साता यूएईमा २ जना पोर्चुगलमा १ जनाको कारोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।योसहित विभिन्न २१ देशमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ जना कोरोनामुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्