काठमाडौंमा ७.८ रेक्टरको भूकम्प गए दोब्बर क्षति

काठमाडाै – तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ । यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग (जाइका)सँग मिलेर गरेको अध्धयन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्