देउवा सरकारले गरेका सबै निर्णयहरु उल्टदैनन्: सांसद डा. अधिकारी
काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर ३ का सांसद डा. रामकुमार अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु नउल्टाउने बताउनु भएको छ।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘सरकार भनेको पार्टीको हुँदैन्, यो त देश र जनताको हो नि, देउवा नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिन्छौं, सरकारले गरेका निर्णयहरु किन उल्टाउनुपर्यो ? उहाँले पश्न गर्नुचययो ।
यद्धपी उनले कतिपय निर्णयहरु उल्टाउनुपर्ने केही भए ती निर्णयहरुबारे जष्टिफाई हेरिनेपनि जनाए । अधिकारीले भने ,‘जनउपयोगी र लोककल्याणकारी निर्णयहरुलाई निरन्तरता दिन्छौं, सरकार त नेपाल देशको हो नि, राम्रा निर्णयहरुलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै अधिकारीले राजनीतिक रुपमा अब बन्ने सरकारलाई आर्थिक असर पार्ने उद्देश्यले वा नियतले गरेका निर्णयहरुमा भने नयाँ सरकारले पूनरावलोकन गरि उल्ट्याउन सक्ने बताए ।
एमाले–माओवादीवीचको एकताले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउने भएकोले एकताप्रति सबै जनता खुशी रहेको उनको विश्वास थियो । उनले भने, ‘‘दुई पार्टीवीचको एकताले राजनीतिक अस्थिरताको अन्त्य समेत गरेको छ, अब सरकार दिगो हुन्छ, विकास निर्माणका कामहरुले गति लिन्छन्, मुलुकलाई समृद्ध बनाउने नै हाम्रो मुल उद्देश्य हो।’
प्रतिक्रिया दिनुहोस्