प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो २० प्रतिशत बोनस

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज ६ गते शुक्रबार सम्पन्न १७२ औं बैठकले सो निर्णय पारित गरेको हो ।

कम्पनीको हालका चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने आठ करोड ५५ लाख ३६ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत बराबरको ४५ लाख एक हजार ८९५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरि बीमा समितिमा स्वीकृतिका लागि पेश गरिएको जनाएको छ ।

प्रस्ताव बोनस बीमा समितिबाट स्वीकृत भएर कम्पनीको १६ औं बार्षिक साधारणसभाबाट अनुमोदनपछि सेयरधनीलाई वितरण हुनेछ ।

कम्पनीले चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँको ३० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्स कम्पनीले १० बराबर ३ अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति माग गरेको छ । हकप्रदपछि कम्पनीको पूँजी ६४ करोड १५ लाख २० हजार कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्