प्रधानमन्त्रीले आजै राजनीनामा दिने टुंगो लागेको छैनः मन्त्री विश्वकर्मा

काठमाडौं । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पदबाट राजीनामा दिने टुंगो भईनसकेको बताएका छन् ।
मन्त्री विश्वकर्माले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम राष्ट्रपतिलाई बुझाए आजै नभए भोली प्रधानमन्त्री देउवाले राजीनामा दिने प्रष्टयाए ।
उनले प्रधानमन्त्री देउवाले राजीनामा दिने समय आयोगकै कारण एकीन हुन नसकेको पनि स्पष्ट पारे ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम राष्ट्रपति समक्ष नबुझाएसम्म प्रधानमन्त्री देउवाले राजीनामा दिन नमिल्ने तर्क पनि गरे ।
मन्त्री विश्वकर्माले सबै तहको निर्वाचन सम्पन्न भएपछि पदबाट राजीनामा दिने आफ्नो प्रतिवद्धतामा प्रधानमन्त्री देउवा कायमै रहेको पनि बताए ।
मन्त्री विश्वकर्माले सरकार मुलुकमा सबै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो दायित्व पूरा गर्न सफल भएको दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्