सरकारले एक सातामै बढायो दुई पटक इन्धनको मूल्य , विरोधमा आयल निगम अगाडि अनेरास्ववियूको प्रदर्शन
काठमाडौं , फागुन ६ । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको छ । यसरी मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् । अहिले यसको विरोध भइरहेको छ ।
विरोधमा अनेरास्ववियूले आज नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएको छ । (रञ्जित तामाङ समूह) ले विरोधसहित नाराबाजि गरेका छन् ।
बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित आयल निगम कार्यालय अगाडि धर्ना बसेर नाराबाजी गरेको हो ।उनीहरुले ‘बढ्दो महँगी नियन्त्रण गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । साथै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले विरोधमा ज्ञापनपत्रसमेत बुझाइने बताएका छन् ।
अनेरास्ववियूका नेता कार्यकर्ताहरुलाई प्रहरीले आयल निगमको मुख्य गेट अगाडि नै रोकेको थियो । त्यसपछि उनीहरु त्यहीँ नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो ।
त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने ग्याससहित इन्धनमा गरिएको मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्