उपत्यकामा ६० सहित देशभर थपिए १२५ जना कोरोना संक्रमित

काठमाडौं, फागुन ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसंगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६० जना कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंका ४५, ललितपुरका ९ र भक्तपुरका ६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । पछिल्लो समय मृत्यु हुनेको संख्या भने घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्