९५ हजार घुससहित गाउँपालिकाकी इन्जिनियर पक्राउ

काठमाडौं , फागुन ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित एक इन्जिनियरलाई पक्राउ गरेको छ।

धादिङको गंगाजमुना गाउँपालिकाकी इन्जिनियर पूजा कार्की घुससहित पक्राउ परेकी हुन।

ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पछि बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा डेराबाटै उनलाई नियन्त्रणमा लिएको हो।

कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्