कैलाश विकास बैंकले १९.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । कैलाश विकास बैंकले १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।
बैंकले १० प्रतिशत बोनस सेयर तथा ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

गत आर्थिक बर्षमा कैलाशले ५० करोड २६ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा कायम गरेको छ ।
बैंकको हाल २ अर्ब २९ करोड १४ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । लाभांश वितरणपछि बैंकको पूँजी राष्ट्र बैंकले तोके बमोजिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्