प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा संवोधन गर्दै, राजीनामाको घोषणा समेत गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा संवोधन गर्दैछन् । उनले राष्ट्रको नाममा संवोधन गर्दै राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

मंगलबार साँझ बसेको केही मन्त्रीहरु र नेताहरुसंगको छलफलपछि देउवाले राष्ट्रकै नाममा संवोधन गरी राजीनामा दिने मनस्थिति बनाएका हुन् ।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनुअघि नै देउवाले राजीनामा गर्ने बुझिएको छ ।

स्रोतका अनुसार देउवाले संवोधन बुधबार नै गर्ने तयारी भइरहेको छ । यदि बुधबार संभव नभए बिहिबार संवोधन हुनेछ ।

चौथो पटक प्रधानमन्त्री भएका देउवाले गत जेठमा चौथो कार्यकाल सुरु गरेका थिए ।

यसपटकको कार्यकाल भने देउवा र मुलुकका लागि अविश्मरणीय रह्यो ।

देउवा नेतृत्वको सरकारले नै पहिलो पटक सबै तीन तहको निर्वाचन एक वर्षभित्रै सम्पन्न गरेको छ ।

यो इतिहास विश्वकै पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्