दरबारमार्गको डिस्कोमा पेस्तोल देखाएर धम्काएको आरोपमा सई पक्राउ

काठमाडौं- अत्याधिक मदिरा पिएर दरबारमार्गको डिस्कोमा गई पेस्तोल देखाएर धम्काएको आरोपमा नेपाल प्रहरीका सई पक्राउ परेका छन्। दरबारमार्गको आईक्लबाट मंगलबार राती सई राजकुमार श्रेष्ठ पक्राउ परेका हुन्।

मदिरामा मात्तिएर साथीसँग गएका उनले सामान्य विवादमा पेस्तोल देखाएर कर्मचारी तथा ग्राहकलाई धम्काएका थिए। उनका साथी विकास पाण्डेलाई समेत महानगरीय प्रहरी वृत्त दरबारमार्गले हिरासतमा राखेको छ।

म्दिरामा मात्तिएका सई श्रेष्ठले पक्राउ परेपछि पनि प्रहरीलाई नै गाली गरेका थिए।
सई श्रेष्ठ महानगरीय प्रहरी वृत्त जनसेवा अन्र्तगत सुन्धारामा सिआरभीमा कार्यरत छन्। उनलाई विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्