निर्वाचनका लागि आयोगलाई सरकारले दियो ७ अर्ब रकम

काठमाडौं, माघ २७ । सरकारले निर्वाचनका लागि आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।

आउँदो वैशाखमा हुने निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको हो ।

बजेटको अर्धवार्षिक समीक्षाको क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगको मागअनुसार रकम उपलब्ध गराएको जानकारी दिएका छन् ।

आयोगले पनि निर्वाचनका लागि रकम माग गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्