साना किसान बैंकले दिने भयो २५ प्रतिशत बोनस

काठमाडौं । साना किसान बिकास बैंकले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । साथै बैंकले कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश समेत बाड्ने भएको छ ।

बैंकले १२ करोड ५७ लाख रुपैयाँ बराबरको बोनस तथा ६६ लाख १९ हजार बराबरको नगद लाभांश बाड्ने प्रस्ताव गरेको हो ।

अहिले बैंकको चुक्ता पूँजी ५० करोड ३० लाख रुपैयाँ रहेको छ र २५ प्रतिशत बोनसपछि चुक्ता पूँजी ६२ करोड ८७ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्