निर्वाचन अायाेगले प्रतिनिधि सभाकाे अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाउँदै

काठमाडाैँ – निर्वाचन आयोगले प्रतिनिधि सभाकोे अन्तिम नतिजा राष्ट्रिपतिलाई वुझाउदै छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको नतिजा आएको लामो समयपछि मात्र समानुपातिक तर्फको अन्तिम नतिजा प्रकाशन गरेको आयोगले आज अन्तिम नतिजा राष्ट्रपतिलाई वुझाउन लागेको हो ।

दलहरुले पाएको समानुपातिक सिटमा नाम सिफारिस गर्दा नमिलेकोे कलस्टर मिलाएर हिजोसम्ममा सवै दलले पठाएपछि राष्ट्रपतिलाई अन्तिम नतिजा वुझाउन थालिएको आयोगका प्रवत्रक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले प्रतिनिधिसभामा निर्वाचित सांसदको सूचि राष्ट्रपतिलाई वुझाएसंगै नयाँ सरकार गठनको प्रकृया अघि वढनेछ ।

प्रतिक्रिया दिनुहोस्