कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सकियो, कतिले लगाए अहिलेसम्म ?
काठमाडौँ, माघ २५ । कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ ।
स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा देशका ७७ वटै जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएको जनाएको छ ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि खोप अभियान शुरु गरिएकोमा सरकारको लक्ष्य अनुसार भने खोप अभियानमा सहभागिता नभएको देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पहिलो चरणमा प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा ९ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयले पहिलो चरणको खोप अभियान समाप्त भएको घोषणा गर्दै यस अभियानमा सहयोग गर्ने स्वास्थ्यकर्मी र सबै निकायलाई धन्यवाद दिएको छ ।
योसँगै सरकारले दोस्रो चरणको खोप अभियान छिट्टै शुरु गर्ने तयारी गरेको छ ।दोस्रो चरणमा भारतबाट आएको लगाउन बाँकी खोप लगाइने योजना मन्त्रालयले बनाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्