देशभर २ सय पुल अति जीर्ण, बजेट अभावमा मर्मत गर्न नसकेको जिकिर

काठमाडौं । देशभर २ सयभन्दा बढी पुल अति जीर्ण अवस्थामा रहे पनि मर्मतसम्भार अघि बढाइएको छैन । बजेट अभावमा पुल मर्मत गर्न नसकिएको सडक विभागको दावी छ ।

विभागका अनुसार ती पुल सडक सुरक्षाका दृष्टिले संवेदनशील अवस्थामा पुगिसकेका छन् । सबै पुल मर्मत गर्न २ अर्ब ९० करोड रुपैयाँ लाग्ने विभागको पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । उनका अनुसार मर्मतबाहेक मुलुकभर निर्माणाधीन १६ सयभन्दा बढी पुलका लागि समेत बजेट अपुग छ ।

निर्माणधीनभन्दा जीर्ण पुलको संवेदनशीलता हेरेर बजेट विनियोजन गर्नुपर्ने थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्