संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनले भोली देशभर प्रदर्शन गर्दै

काठमाडौं, माघ १८ । संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनले भोली देशभर प्रदर्शन गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धमा ७७ जिल्लामा नेपाली कांग्रेसका १३ वटै भातृ संगठनले सोमबार एकसाथ विरोध प्रदर्शन गर्ने भएका हुन् ।

विज्ञप्ति निकाल्दै सोमबारको प्रदर्शनमा सहभागि हुन देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकहरुलाई कांग्रेसले आग्रहसमेत गरेको छ ।

सोमबार प्रदर्शन गर्ने कांग्रेस भातृ संगठनमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज रहेको बताइएको छ ।

कांग्रेसले यस अघि १६५ वटै निर्वाचन क्षेत्र, ३३० वटै प्रदेश सभा, ७५३ वटै स्थानिय तह र ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्