फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ, माघ १८ । नोपली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । पछिल्लो समय सुनचाँदीको मु्ल्यमा तलमाथि भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्