प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं, माघ १५ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक ५ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

त्यसैगरी पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोही इजलासले पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्