विष सेवन गरि २ छोरीसहित आमाको मृत्यु

काठमाडौं, माघ १५ । विष सेवनका कारण नवलपरासीमा २ छोरीसहित आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरी र उनका १२ बर्षीय छोरी नेहा र १० बर्षीय हेमा रहेक छन् ।

उनीहरु तीनै जनाको उपचारका क्रममा बिहीबार बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । राती सँगै सुतेका बेला आफुसँगै चौधरीले छोरीहरुलाई विष खुवाएकी थिइन् ।

विष सेवन गरेपछि उनीहरु चिच्याएको आवाज सुनेर स्थानीयले अस्पताल पुगाएका थिए । मृतक चौधरीका श्रीमान वैदेशिक रोजगारीमा रहेको बुझिएको छ । छोरीसहि आफुले विष किन सेवन गरेको भन्ने बारे भने केहि खुलेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्