आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं  – सातौँ विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ का दिन विश्व रेडियो दिवस मनाउने गरिएको छ ।

नेपालमा वि.सं. २००३ सालमा काठमाडौंमा रेडियो प्रशारण सुरु भए पनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा रेडियो प्रशारण सुरु भएको हो । एफएमको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । अहिले ६ सय भन्दा बढी रेडियो सञ्चालनमा छन् ।

विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउने गरिएको हो । सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गए पनि रेडियोले आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नु परेको छ ।

रेडियो दिवसको अवसरमा रेडियोका छाता संगठनहरुले विभिन्न कार्यक्रम गर्दैछन् । ब्रोडकाष्टिङ एशोशिएसन अफ नेपाल बानले र सामुदायिक रेडियो प्रसारक संघ अकोराबले कार्यक्रम गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्