प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा

काठमाडौं, माघ १३ । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

१९ माघमा भ्रातृ संस्था, २४ माघमा शुभेच्छुक र ३० माघमा ७७ वटै जिल्ला कार्यसमितिले प्रदर्शन गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाको भने संयुक्त रूपमा प्रदर्शन र सभा हुने कांग्रेसले जनाएको छ । कांग्रेसले यसअघि पनि चरणवद्ध रुपमा विरोध कार्यक्रम गरेको थियो ।

यस्तै बैठकले अधिवेशन हुन बाँकी भ्रातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्