अमेरिकी ड्रोन आक्रमणबाट पाकिस्तानमा तालिवानका बरिष्ठ नेता मारिए

काठमाडौं। अमेरिकाले गरेको ड्रोन आक्रमणमा पाकिस्तानी तालिवानका बरिष्ठ नेता खालिद मेहसुदको मृत्यु भएको छ ।

अफगानिस्तानको सीमानजिकै उत्तरी वजिरिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा परी तेहरिक-इ-तालिवान पाकिस्तान (टीटीपी)का उपनेता खालिद मेहसुदको मृत्यु भएको हो ।

टीटीपीका एक पवक्ताले पनि उपनेता मेहसुदको मृत्यु भएको पुष्टि गरेका छन् । मेहसुदको मृत्युपछि पाकिस्तानी तालिवानलाई थप कमजोर बनाएको छ ।

टीटीपी दर्जनौं आत्मघाती र अन्य आक्रमणमा संलग्न रहँदै आएको छ ।

उनकै कमाण्डमा गत डिसेम्बरमा पाकिस्तानको पेशावरस्थित एउटा क्याम्पसमा आक्रमण गर्दा कम्तिमा ९ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए ।

मेहसुदको मृत्युपछि टीटीपीका लडाकूहरु छिमेकी मुलुक अफगानिस्तानमा शरण लिन बाध्य भएको पाकिस्तानी अधिकारीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्