पश्चिमी वायुको प्रभावः देशभर मौसम बदली, तराईमा बाक्लो कुहिरो
काठमाडौं, माघ १० । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् ।
झण्डै एक हप्ता अघिदेखि नै देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकेको छैन । तर पानी पार्ने उल्लेख्य मौसमी प्रणाली नरहेकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले बताएकी छिन् ।
यो वर्ष हिउँदे पानी पर्न ढिला भएको छ । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका देशभरका धेरै ठाउँहरुमा कुहिरोले ढाकेको छ । तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । आउँदो तीन दिनसम्म नै मौसम यस्तै नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार पर्सी सोमबारसम्म नै देशका धेरै ठाउँमा बादल लाग्नेछ भने तराईका जिल्लाहरु हुस्स कुहिरोले ढाक्नेछ । तराईका धेरैजसो ठाउँहरुमा बिहानीपख बाक्लो हुस्सु् र कुहिरो लाग्ने हुँदा चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
काठमाडौंमा हिजोभन्दा आज ९शनिबार० केही न्यानो महसुस गरिएको छ । हिजो ३ दशमलव ५ डिग्री न्यूनतम तापक्रम रहेको काठमाडौंमा बिहानको तापक्रम ४ दशमलव १ डिग्री पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्