पाँच दलहरुले समानुपातिक सूची बुझाए
काठमाडौं । राष्ट्रिय दलको मान्यता पाएका पाँच दलले सोमबार निर्वाचन आयोगलाई प्रतिनिधिसभा समानुपातिकतर्फ आफूले प्राप्त गरेको सिट संख्याअनुसार सांसदहरुको नाम सिफारिस गरेका छन् ।
निर्वाचन आयोगले यसअघि नै आयोगमा दलहरुले बुझाएको बन्दसूचीबाट नाम सिफारिस गर्न सोमबार अपराह्न ५ बजेसम्मको समय तोकेको थियो ।
आयोगले तोकेको समयसीमाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले सांसदहरुको नाम सिफारिस गरेका हुन् ।
प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरमले ६ र राजपाले ६ सिट पाएका छन् ।
दलहरुले सिफारिस गरेका नामहरुको रुजु गरेपछि आयोगले सूचीलाई अन्तिमरुप दिनेछ । सूची त्रुटीपूर्ण भए सच्याउनका लागि दुई दिनको समय दिइनेछ ।
आयोगले प्रतिनिधिसभाको सम्पूर्ण मतपरिणाम ढिलोमा आगामी फागुन ५ गतेभित्र राष्ट्रपतिलाई बुझाइसक्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्