मानवअधिकार आयोगको अध्यक्ष हुँ अमेरिका पठाइदिन्छु भनी १५ लाख ठगी गर्ने पक्राउ

काठमाडौं , माघ ७ । प्रहरीले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभा पाँचखान गाउँपालिका ५ खमारेका तुलसी थापा रहेका छन् । उनलाई प्रहरीले काठमाडौंको दरबारमार्गबाट मंगलबार पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका ७ मित्रपार्क बस्ने थापाले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको परिचयपत्र बनाई ठगी गरेको प्रहरीले बताएको छ ।

थापाले अमेरिका लैजाने प्रलोभन देखाई १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले आफु अमेरिका जाँदा मल्टिपल भिसा लगाइदिने प्रलोभन देखाएका थिए ।

थापालाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्