मुलुकमा स्थायी सरकार पछि लगानीको वातावरण बन्छ– अध्यक्ष ढकाल
लमजुङ्ग, माघ ३० । आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आएपछि पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गर्नुभएको छ । जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामाजोड दिँदै अध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उधोगी–व्यवसायीहरुलाई सहयोग पु¥याउने कार्यमा नेपाल उधोग वाणिज्य महासंघ दत्तचित्त भएर लाग्ने बताउनुभयो ।
आज लमजुङ्ग उद्योग वाणिज्य संघको आयोजनामा लमजुङ्गकाृ बेशीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्वसव उद्घाटनको प्रमुख अतिथीको रुपमा सम्बोधनगर्दै ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
लमजुङ्ग जिल्ला जलश्रोतले सम्पन्न भएको र त्यस्तो अपार जलश्रोतलाई उपयोग गर्नुपर्ने कुरामाजोड दिँदै उहाँले पर्यटन र जलविधुत नेपालको दिगो आर्थिक विकासका लागि महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्