प्रदेश ३ का गृह मन्त्री जम्मरकट्टेल र भौतिक मन्त्री केशव स्थापित

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन गरेका छन् ।

आथै बिहान मात्र सपथ खाएका मुख्यमन्त्री पौडेलले माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन् । जम्मरकट्टेलले प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हाल्नेछन् भने स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

उनीहरु दुबै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् ।

आन्तरिम मामिला मन्त्रालय नपाएपछि जम्मरकट्टेलले सरकारमा जान आनाकानी गरेका थिए ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएपछि सहमति जुटेको छ । वार्ता लगतै प्रचण्डले प्रदेशसभा संसदीय द। लका नेता जम्मरकट्टेललाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएपश्चात सरकारमा जाने निर्णय गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्