कपिलवस्तुमा कटुवा पेस्तोल र गोलीसहित एक व्यक्ति पक्राउ

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।

इ.प्र.कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो ।

चौधरी बिहान ४ बजे बुटहनियामा आफ्नै मिलमा पक्राउ परेका हुन् । गोप्य सुराकीका आधारमा प्रहरीको गश्ती टोलीले चौधरीलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्