प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यसरी लिए सपथ

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेशको अस्थायी राजधानी हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आज गरिएको विशेष कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पौडेललाई सपथ गराएकी हुन् ।

प्रदेश नम्बर ३ को एमाले संसदीय दलका नेता पौडेललाई प्रदेश प्रमुख कोइरालाले हिजो मुख्य मन्त्रीमा नियुक्त गरेकी थिइन ।

सपथ लिएसँगै मुलुकको पहिलो मुख्यमन्त्री बन्ने शौभाग्यसमेत पौडेलले पाएका छन् । सपथलगत्तै मुख्यमन्त्री पौडेलले हेटौंडास्थित शहीद पार्कमा पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले आजै मुख्यमन्त्रीको कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । नवनियुक्त मुख्यमन्त्री पौडेलले आजै सानो आकारको मन्त्रिपरिषद्समेत गठन गर्ने तयारी गरेका छन् ।

पौडेलले नेकपा माओवादी केन्द्रका सांसदहरुको समेत समर्थन प्राप्त गरेका छन् । तर पहिलो चरणको मन्त्रिपरिषद्मा भने माओवादी केन्द्र सहभागी नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्