प्रतिनिधिसभा विघटनः मुद्धाको संबैधानिक इजलासमै सुनुवाई हुने

काठमाडौँ , माघ २ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धाको सर्वोच्च अदालतको संबैधानिक इजलासमा नै सुनुवाई हुने भएको छ ।

शुक्रबार भएको संबैधानिक इजलासले निवेदकको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने निर्णय गरेको हो ।

संबैधानिक इजलासका सम्बन्धमा बिधानको धारा १३७ को उपधारा ३ मा गम्भीर संबैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकोले अब संबैधानिक इजलासमै यो मुद्धाको सुनुवाई हुने निर्णय गरेको हो ।त्यस्तै अब यस मुद्धाको आइतबारदेखि नियमित सुनुवाई हुने आजको इजलासले निर्णय गरेको छ ।

आजको संबैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।

यसैबीच प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले शुरुमा बहस शुरु गर्दै कानूनको अन्तिम व्यवस्था तथा संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएकाले अन्य इजलासमा लान नसकिने बताएका छन । प्रधानमन्त्रीका तर्फबाट उनले नेपालको संविधानलाई मानेर जानुपर्ने भएकाले संविधानको व्यवस्थाको विषय बृहत् पूर्ण इजलासमा लैजान नमिल्ने स्पष्ट पारे । अदालतको क्षेत्राधिकारबारे बहस जारी नै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन ।

रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्