पशुपतिमा यसरी हुदैछ महाशिवरात्रीको तयारी :१२ लाख दर्शनार्थी आउने अनुमान

काठमाडौं, – महाशिवरात्रीको पुर्व संध्यामा पशुपति क्षेत्रमा आज बिहानैदेखि मलबहाक तथा भारी सवारी साधन चल्न रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्र पर्ने रुटहरुमा आजदेखि मालबहाक तथा भारी सवारी साधनहरु चल्न रोक लगाएको कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए ।

आज बिहानैदेखि महाराजगंज–चक्रपथ–चावहिल प्रवेशमा रोक लगाइएको छ । भने गएरातिदेखि पशुपति क्षेत्र वरपर सुरक्षाकर्मीहरु परिचालन गरेको छ । कोषले भोली लाग्ने महाशिवरात्रि मेलाको सम्पुर्ण तयारी पुराभएको जनाएको छ ।

कोषले महाशिवरात्रीमा दर्शनसम्बन्धि व्यवस्था, ट्राफिक व्यवस्थापन, आवास, भोजन, स्वयम्सेवक, सरसफाई तथा स्वास्थ्य शिविरसम्बन्धि आवश्यक विषयको तयारी पुरा गरेको जनाएको छ । कोषले यस वर्ष १२ लाखसम्म दर्शनार्थी आउने अनुमान गरेको छ ।

बाबाहरुको सेवा
महाशिवरात्री पर्वका लागि पशुपति आइपुगेका साधुहरुका लागि गुठी सस्थानले सेवा शुरु गरेको छ । नेपालका विभिन्न स्थान सहित विदेशबाट आइपुगेका साधु सन्तको खानपानका लागि आवश्यक प्रवन्ध मिलाएको सस्थानका उपप्रशासक दीपबहादुर पाण्डेले जानकारी दिए।

साधुहरुका लागि थरिथरिका खानाको व्यवस्था मिलाइएको छ । एक दिन पुरी तरकारी, एक दिन हलुवा, एकछाक मालपुवा तरकारी र शिवरात्रिका दिन फलाहार गराइने प्रवन्ध मिलाइएको पाण्डेले जानकारी दिए । अहिले सम्म ४ हजार जना साधुहरु पशुपति क्षेत्र आइसकेको पनि पशुपति क्षेत्र विकास कोषले जनाएको छ । जसमध्ये ५ सय भन्दा बढी नागा साधुहरु रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्