मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारबाट संचालन हुने
काठमाडौं, माघ २ । कोरोनाका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सुचारु हुने भएका छन् । गतसोमबार बसेको मध्यपुरथिमि नगर शिक्षाको बैठकले स्वास्थ्य मापदण्ड पुरा गर्दै सुचारु गर्ने निर्णय गरको हो ।
विद्यालय सञ्चालनका लागि विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र तापक्रममापन गर्ने व्यवस्था मिलाउने, सबै विद्यालय र शिक्षकले सङ्क्रमणकालीन योजना बनाउनु पर्ने निर्देशन दिइएको छ ।
त्यसैगरी स्वास्थ्य मापदण्डपालना हुनेगरी कक्षा कोठामा बसाइको व्यवस्था मिलाई सहज सिकाइएको व्यवस्था गर्नुपर्ने, विद्यार्थी र शिक्षक विद्यालय आउनजान सवारीसाधनको प्रयोग गर्नुपर्ने भए स्वास्थ्य मापदण्डको पालना गर्ने गराउने र कोभिड– १९ सङ्क्रमितको संख्या बढ्न गएमा कुनै विद्यालय, क्षेत्र, वडा वा नगरपालिकाभरि सूचना जारी गरी कुनै पनि समयमा विद्यालय बन्द गर्न सकिने निर्देशन समेत दिइएको छ ।
यसैबीच विद्यालय सञ्चालन गर्न नगरपालिकाले शुल्क समेत निर्धारण गरेको छ ।
कोरोनाले गर्दा यस वर्ष विद्यालय नै बन्द रहे । विद्यार्थीले शैक्षिकसत्र नै पढ्न पाएन् ।सरकारले माघको पहिलो साताबाट काठमाडौका विद्यालय खोल्ने निर्णय गरेको छ । अन्य ठाउँमा पनि संचालन भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्