मौसम एक्कासी परिवर्तन, ठाउँठाउँमा वर्षा र हिमपात
काठमाडौं । काठमाडौंसहित देशका विभिन्न भागको मौसम धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा सोमबार र मंगलबार घाम नगाल्ने र पहाडी क्षेत्रमा पानी पर्न सक्ने प्रक्षेपण गरेको छ ।
मौसमविद् वरुण पौडेलले काठमाडौंमा २ दिन घाम नलाग्ने सम्भावना रहेको जानकारी दिँदै मंगलबार बेलुकातिर मात्रै मौसममा सुधार आउने सम्भावना रहेको बताए । पौडेलले भने–‘उच्च हिमाली क्षेत्रमा हिमपात हुनुका साथै पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्