समानुपातिक सांसद् छान्न कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाका समानुपातिक सांसद् छनोटका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बोलाइएको छ।

निर्वाचन आयोगले यसअघि सिफारिस नामावलीको क्लष्टर मिलाएर पठाउन पत्राचार गरेपछि दलहरु आन्तरिक छलफलमा छन्। नेकपा एमाले, र संघीय समाजवादी फोरमले औपचारिक रुपमा नामावली टुंगो लगाइसकेका छन्।

ठूला दलमध्ये कांग्रेस र माओवादी अन्तिम नामावली सिफारिस गर्ने गृहकार्यमा छन्।

निर्वाचन आयोगमा यसअघि पेश गरेको समूहको नामावली अब हेरफेर हुनेछैन। दलहरुले प्राविधिक रुपमा आफ्नो सिट अनुसार क्लष्टर मिलाएर नाम पठाउनु पर्नेछ।

प्रतिनिधिसभाको प्रत्यक्षमा तेस्रो भएको कांग्रेसले समानुपातिकमा दोस्रो स्थान पाएको छ। उसले ४० सिट समानुपातिकमा पाएको छ। जसमा प्रतिनिधित्वको हिसावले महिला र पुरुषको हिस्सा करिव आधा-आधा छ।

प्रतिक्रिया दिनुहोस्