एसएसपीसँगै काठमाडौंका तीन डिएसपी फेरिए

काठमाडौं- काठमाडौं परिसरका एसएसपीसँगै प्रहरी मुख्यालयले आइतबार तीन डिएसपीको समेत सरुवा गरेको छ। परिसरका मुद्दा शाखाका डिएसपी बेलबहादुर पाण्डेलाई संघीय प्रहरी इकाइ दिपायल पठाइएको छ।

काठमाडौं परिसरको मुद्दा शाखामा डिएसपी मोहन थापालाई पनि सरुवा गरिएको छ। थापा महानगरीय प्रहरी वृत्त जनसेवाका कार्यरत थिए।

यस्तै जनसेवा वृत्त विशेष ब्युरोमा कार्यरत डिएसपी टेकानन्द लिम्बुको पनि सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले आइतबार परिसरका एसएसपी रविन्द्र धानुकलाई हटाएर विश्वराज पोखरेललाई सरुवा गरेको थियो। धानुकलाई संघीय प्रहरी इकाइ धौलागिरीमा सरुवा गरिएको छ।

एमाले सांसद तथा पूर्वडिआइजी नवराज सिलवालको कीर्ते मुद्दाको अनुसन्धानमा चलखेल गरेको आरोपमा धानुक र पाण्डेलाई हटाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ।

परिसरमा सरुवा भएका एसएसपी पोखरेल र डिएसपी थापालाई सोमबार नै हाजिर हुन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्