बाजुराबाट हतियारसहित चारजना पक्राउ

काठमाडौं , पुस २८ । बाजुरामा हतियारसहित ४ जना पक्राउ परेका छन् । बाजुरा, बडिमालिका नगरपालिका ३, रजालीबाट उनीहरु हतियारसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बडिमालिका नगरपालिका ३, बस्ने ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय बीरभाने लुहार, सोही नगरपालिका ८, बस्ने ३० वर्षीय बलबहादुर थापा र ३० वर्षीय डम्बर थापा छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

साथै उनीहरुको साथबाट ३ नाल भरुवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने फलाम काटेर बनाएको ३९ वटा टुक्रा, ४ डिब्बा बारुद, फलामको बन्दुकको १ थान नाल र भरुवा बन्दुकको १ थान चाप बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्